
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को साधारण सदस्यबाट समेत निलम्बनमा परेका मुकुल ढकालले पुनरावेदन गरेका छन् ।
पार्टीको महामन्त्री, प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट आफूलाई पदमुक्त गर्ने असार २५ गतेको निर्णय त्रुटिपूर्ण रहेको जिकिर गर्दै उनले आज पार्टीको पुनरावेदन समितिमा पुनरावेदन गरेका हुन् । ढकालले आफुलाई कारबाही गर्ने निर्णय पार्टीको अभिलेखबाट हटाई साविककै पदीय हैसियतमा काम गर्ने वातावरण मिलाइदिन निवेदनमा माग गरेका छन् ।
‘पार्टी पदको दुरुपयोग गरी पार्टी विधान एवं कानुन विपरीत केन्द्रीय समितिको बैठक बसी म उपर कारबाही गर्दा सफाइ पेस गर्ने मौका समेत प्रदान नगरेको, निर्णय माग गर्दा निर्णय उपलब्ध समेत नगराई मलाई पार्टीको महामन्त्री, प्रवक्ता तथा केन्द्रीय समितिको सदस्यबाट पदमुक्त गर्ने गरी भएको मिति २०८१–०३–२५ को कथित निर्णय त्रुटिपूर्ण रहेको हुँदा पार्टीको निर्णय अभिलेखबाट हटाई साबिक बमोजिम साबिककै पदीय हैसियतमा रही पार्टीमा काम गर्ने वातावरण मिलाई पाउँ‚’ उनले निवेदनमा उल्लेख गरेका छन् ।
मुकुलकाे पुनरावेदन निवेदन:














