Logo
Logo

क्यान्सर अस्पतालको तेस्रो तलाबाट हाम फालेकी महिलाको मृत्यु


567
Shares

काठमाडौं । ललितपुरको हरिसिद्धीमा रहेको क्यान्सर अस्पतालको तेस्रो तलाबाट हामफालेर गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ ।

क्यान्सर अस्पतालमा थाइराइडको उपचार गराइरहेकी काठमाडौँ महानगरपालिका–८ की ६४ वर्षीया पुनमाया तामाङ शनिबार अस्पतालको तेस्रो तलाबाट हामफालेकी थिइन् ।

शनिबार अस्पतालको ए ब्लकको तेस्रो तलबाट भुइँमा हाम फाल्दा गम्भीर घाइते भएकी उनको आईसीयूमा उपचार गराउने क्रममा आइतबार बिहान मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले गम्भीर घाइते तामाङको उपचारको क्रममा आज बिहान मृत्यु भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्