Logo
Logo

तीन देशका लागि महावाणिज्यदूत नियुक्त


4k
Shares

काठमाडौँ । सरकारले तीन महावाणिज्यदूतावासमा महावाणिज्यदूत नियुक्त गरेको छ ।

भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले चीनको ग्वान्जाउ र ल्हासा तथा भारतको कोलकाताका लागि महावाणिज्यदूत नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

महावाणिज्यदूतमा नियुक्त हुनेहरूमा सहसचिवहरू झक्कप्रसाद आचार्य, भरत खनाल र लक्ष्मीप्रसाद निरौला छन् । खनाल ग्वान्जाउमा, आचार्य कोलकाता र निरौला ल्हासाका लागि महावाणिज्यदूत नियुक्त गरेको मन्त्री गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्