Logo
Logo

आज तीन संसदीय समितिको बैठक बस्दै


630
Shares

काठमाडौं । संघीय संसदअन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । संसद सचिवालयका अुनसार आज अर्थ समिति,अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्ने भएको हो ।

अर्थ समितिको बैठक बिहान १० बजे बस्नेछ । बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ ।

बिहान १० बजे नै बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्र मन्त्री डा आरजु राणा देउवाबाट हालै सम्पन्न भारत भ्रमण सम्बन्धमा र राजदूत नियुक्ति सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा विभिन्न देशका लागि प्रस्तावित नेपाली राजदूतहरूको सुनुवाइ हुने संसद सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्