
काठमाडौं । आज (मंगलबार)प्री–ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से सूचक ११.१६ अंकले बढेर २८३४.४२ विन्दुमा पुगेको हो ।
यो सेसनमा ८० वटा स्क्रिप्सको २६ हजार २१८ कित्ता सेयर १ करोड ८६ लाख ८ हजार ८९१ रुपैयाँमा खरिदबिक्री भएको छ । कारोबारमा आएका ५९ कम्पनीको मूल्य बढ्दा १३ वटाको घटेको छ भने बाँकी पाँच वटाको मूल्य यो समयमा स्थिर रहेको छ ।














