काठमाडौँ । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले जनताबाट अनुमोदित भएर आएका सांसदहरूले आफ्नो अधिकार सीमित नेतालाई दिएको बताएका छन् ।

मंगलबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद भण्डारीले नेतालाई अधिकार माग्दा हात खुट्टा जोड्दा पनि अधिकार नपाएपछि मुलुक कसरी विकसित हुन्छ भन्दै प्रश्न गरेका हुन् ।
साना काम गर्ने हो भने जनताले ठुला सुविधा प्राप्त गर्ने उनले बताए । सरकारले जनताको हितका लागि कुनै पनि निर्णय गर्न नसकेको उनले बताए । अहिले पनि निर्माण व्यवसायीलाई २० अर्ब पैसा तिर्नुपर्ने र ६ खर्बका योजना विना रकमको भएको उनले बताए ।
‘७ खर्ब भन्दा बढी पैसा बैंकमा छ । सरकारले निर्माण व्यवसायीलाई पैसा दियो भने अहिले पनि बजारमा पैसा आउन सक्छ । मुलुकमा समृद्धि आउन सक्छ‚’ उनले भने ।
सांसद भण्डारीले यो देशमा सानाका कुरा सुन्न नपर्ने भन्दै प्रश्न समेत गरे । ‘टेलिफोनको विल‚ विद्युत्को बिल तिर्न नसकेर लाइन काटिएकाको कुरा सुन्न नसक्नेको कुरा नसुन्ने । सामान्य औषधी गर्न नसकेर मृत्यु भएकाहरूको कुरा सुन्न नसक्ने अनि अहिले पनि हामी एनसेलको विषयमा मात्र लागिरहेन‚’ उनले प्रश्न गरे ।














