
काठमाडौं । जाजरकोटको बारेकोटमा गएको पहिरोले घर पुरिँदा बेपत्ता भएका वडासदस्य दम्पतीको शव भेटिएको छ ।
बारेकोट गाउँपालिका–६ धुमामा गएराति भारी वर्षासँगै आएको पहिरोले घर पुरिँदा बेपत्ता भएका महिला वडा सदस्य ३८ वर्षीया प्रेमकुमारी चलाउने र उनका श्रीमानको शव आज बिहान पहिरोबाट निकालिएको हो ।
बारेकोट गाउँपालिका–६ का वडाध्यक्ष डम्बरबहादुर महताराले पहिरोले घर पुरिँदा वडा सदस्य प्रेमकुमारी र उनका पतिको मृत्यु भएको बताए । यस्तै, पहिरोमा पुरिएकी उनीहरूकी १९ वर्षीया छोरी सम्झना चलाउनेको उद्धार गरेर उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत् प्रदेश अस्पताल कालागाउँमा पठाइएको छ ।














