Logo
Logo

एमालेको प्रश्न- पाँचथरमा बेवारिसे बम विस्फोटको जिम्मा कसले लिन्छ ?  


3.3k
Shares

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पाँचथरको बेवारिसे विस्फोट घटनामा विषयमा सरकारको जवाफ माग गरेका छन् । 

सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै बर्तौलाले पाँचथरमा फेलापरेको बेवारिसे बम विस्फोट हुँदा दुई जनाको मृत्यु भएको घटनाका विषयमा गृहमन्त्रीले सदनलाई जवाफ दिनुपर्ने बताए । 

द्वन्द्वको समयमा छाडिएको बम विस्फोट भएको कुरा आइरहँदा त्यसको जिम्मेवारी कसले लिने भन्दै उनले प्रश्न गरे । पाँचथरको विस्फोट घटना निकै दुखद भएको भन्दै सरकारले गम्भीरताका साथ अनुसन्धान गर्नुपर्ने देखिएको उनले बताए ।   

केहि दिन अघि पाँचथरको फालेलुङ गाउँपालिका-५, डाँडागाउँमा बेवारिसे बम विस्फोट हुँदा दुई वर्षीया प्रिन्सा साँवा र ११ वर्षीय दिपसन साँवाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका छन् । 

प्रतिक्रिया दिनुहोस्