Logo
Logo

पाँचथर बम विष्फोटका घाइते २ बालकको सरकारले निःशुल्क उपचार गर्ने


504
Shares

काठमाडौं । सरकारले पाँचथरको फालेलुङ गाउँपालिका–५ डाँडागाउँमा बम विष्फोटमा परी घाइते भएका दुई बालकको निःशुल्क उपचार गर्ने भएको छ ।

डाँडागाउँमा यही भदौ १३ गते द्वन्द्वकालको ह्यान्डमेड सकेट बम विष्फोट हुँदा पवन र दिप्सन राई घाइते भएका थिए । सोमबार बसेको मन्त्रिपरिषद बैठकले हाल कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत पवन र दिप्सनको निशुल्क उपचार गर्ने निर्णय गरेको हो ।

सोही बम विस्फोटमा परी ११ वर्षीय दिप्सन सावा र अढाइ वर्षीया प्रिन्सा सावाको मृत्यु भएको थियो । मृतकका परिवारलाई जनही ५/५ लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्