Logo
Logo

गंगालालमा राष्ट्रिय खेलाडीहरूको निःशुल्क स्वास्थ्य परीक्षण शुरू


630
Shares

काठमाडौं । सहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रमा राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण निःशुल्क हुने भएको छ । अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडीहरुको स्वास्थ्य परीक्षण निःशुल्क गर्ने सम्झौता भएको हो ।

आज स्वास्थ्य मन्त्री प्रदीप पौडेल र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितीमा मन्त्रालय, राखेप र अस्पतालबीच खेलाडीको हरेक वर्ष निःशुल्क मुटु परीक्षणसम्बन्धी सम्झौता गरिएको हो ।

पेरिस पारालिम्पिक कांस्य पदक विजेता पलेसा गोवर्द्धनको स्वास्थ्य परीक्षण गरेर निःशुल्क परीक्षणको सुरुआत गरिएको हो । सम्झौताअनुसार यसका लागि आवश्यक आर्थिक व्यवस्थापन गंगालालले आफ्नै स्रोतबाट गर्नेछ ।

हाल केन्द्रकै तर्फबाट निःशुल्क परीक्षण भएपनि आगामी वर्षबाट थप वार्षिक कार्यक्रम बनाएर कार्यक्रम अघि बढाउने मन्त्रालयले तयारी गरेको मन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्