Logo
Logo

प्रधानमन्त्रीलाई भेट्न रवि पुगे बालुवाटार


9.2k
Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालुवाटार पुगेका छन् ।

उपसभामुख इन्दिरा रानामाथि महाअभियोग लगाउने चर्चाकाबीच लामिछाने प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

उक्त भेटमा लामिछानेले प्रधानमन्त्रीसँग उपसभामुख इन्दिरा रानाबारे धारणा माग गरेका छन् । लामिछानेले उपसभामुख रानालाई महाअभियोग लगाएर हटाउने चर्चाबारे जिज्ञासा राखेको बालुवाटार स्रोतले जनाएको छ ।

‘उपसभामुखको विषयमा भएको के हो ? सरकारले के गर्न खोजेको ? म तपाईंको मुखबाट स्पष्ट धारणा सुन्न चाहन्छु’, लामिछानेले प्रधानमन्त्रीसँग जिज्ञासा राखेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले संसदमा उठेको विषय संसदबाटै हल गर्नुपर्ने बताएका थिए ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा उपसभामुख रानाले संसद् सचिवालय समेतलाई थाहा नदिई पदीय दुरुपयोग गर्दै अमेरिकी दूतावासलाई पत्र लेखेको भन्दै सांसदहरूले राजीनामा माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्