Logo
Logo

देशभरका सरकारी कार्यालयमा टीएमएस प्रतिबन्ध


441
Shares

काठमाडौं । सरकारले देशभरका सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली (टीएमएस) प्रतिबन्ध लगाएको छ ।

सरकारी कार्यालयमा बसेर शेरयरबजरामा निजी कारोबार गर्दा कामकाजमा प्रतिकुल असर परेको र सेवाग्राहीको काम प्रभावित भएको भन्दै सरकारले देशभरका सबै सरकारी कार्यालयमा टीएमएस नचल्ने बनाउन निर्देशन दिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारी कार्यालयबाट हुने कामकाजमा प्रतिकुल प्रभाव परेको विषयमा सेवाग्राहीबाट आइरहेको गुनासोलाई सम्बोधन गर्दै सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा टीएमएस नचल्ने बनाउन निर्देशन दिइएको जानकारी दिएका छन् ।

‘सरकारी कार्यालयमा बसेर शेयरबजारमा निजी कारोबार गर्नु कानुनी दृष्टिले पनि अमान्य छ । यसले सरकारी कामकाजमा प्रतिकूल प्रभाव परेको छ र सेवाग्राहीको काम प्रभावित भएको गुनासो आइरहेको छ,’ उनले भनेका छन्, ‘यही जनगुनासोलाई सम्बोधन गर्दै अब सरकारले देशभरिका सबै सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली (टीएमएस) प्रतिबन्ध लगाएको छ । सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा टीएमएस नचल्ने बनाउन निर्देशन दिइएको छ ।’

साथै उनले सरकारी कार्यालयमा अब सरकारी काम मात्र गर्न अनुरोध पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्