Logo
Logo

पाँच वर्षअघिको फैसला सम्झाउँदै ओलीलाई बालेनको प्रश्न- अहिले अर्कै दाउ हो ?


1.9k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नदी तट क्षेत्रको मापदण्ड बढाउने अदालतको फैसलामा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमाथि फेरि प्रश्न उठाएका छन् । सर्वोच्च अदालतले पाँच वर्ष अगाडि नै गरेको फैसलालाई लिएर अहिले तातेको भन्दै मेयर बालेनले सामाजिक सञ्जालमार्फत ओलीमाथि प्रश्न गरेका हुन् ।

प्रधानमन्त्री ओलीप्रति आक्रोश व्यक्त गर्दै आफू महानगरको मेयर नहुँदै अदालतले गरेको फैसलामा किन पुनरावेदन नगरेको भनी प्रश्न गरेका छन् । उनले त्यसबेला ओली नै प्रधानमन्त्री रहेको, वाग्मतीका मुख्यमन्त्री डोरमणि पौडेल र काठमाडौं महानगरपालिकामा विद्यासुन्दर शाक्य मेयर रहेको बेला अदालतले काठमाडौंका नदीतटको मापदण्ड थप २० मिटर कायम गर्न भनेको स्पष्ट पारेका छन् ।

बालेनले प्रश्न गर्दै भनेका छन्, ‘त्यो बेला किन पुनरावेदनमा गएनन् ? कि भन्नुप¥यो त्यो बेला हाम्रो बुद्धि पुगेन । या भन्नुप¥यो अहिले हाम्रो दाउ अर्कै छ ।’ उनले उहिलै मरिन् सासू, अहिले आए आँसु । यो चरित्रले कसरी देश बिगार्दै छ भन्ने उदाहरण सर्वोच्चको फैसला र सरकारको दौडधुपले प्रस्ट पारेको पनि बताएका छन् ।

साथै मेयर बालेनले नदी तथा खोलाको तटीय क्षेत्रमा निर्माणको योजना बनाउँदा, नक्सापास गर्दा, घरजग्गाको कारोवार गर्दा वा घरजग्गा धितो राख्दा मापदण्डलाई पालना गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्