Logo
Logo

आज सुनको मूल्य हालसम्मकै उच्च


1.1k
Shares

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुन प्रतितोला एक हजार रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो ।

मंगलबार प्रतितोला १ लाख ५२ हजार ४०० कायम भएको सुनको मूल्य आज १ लाख ५३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैबीच चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला १ हजार ७६५ रुपैयाँमा कारोबार भएको सुन आज बढेर १ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्