Logo
Logo

धनराजमाथि सहकारी ठगीको छानविन गर्न कांग्रेस तयार


945
Shares

काठमाडौं । नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा मुछिएका पार्टी उपसभापति धनराज गुरुङमाथि छानबिन गराउन तयार रहेको बताएको छ ।

बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक श्याम घिमिरेले सरकारी अपचलनमा उपसभापति गुरुङमाथि प्रश्न उठेकाले पार्टी छानविन गराउन तयार रहेको बताएका हुन् ।

उनले भने, ‘कांग्रेस प्रस्ट छ । उहाँले गल्ती गर्नुभएको छ भने सजाय भोग्नुहुन्छ ।’ उपसभापति आफैंले छानबिनको लागि तयार रहेको बताइसकेकाले अनुसन्धान प्रकिया अघि बढाउन पार्टी तयार रहेको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्