Logo
Logo

प्रस्तावित चार राजदूतको सुनुवाइ आज


693
Shares

काठमाडौं । संसदीय सुनुवाइ समितिले आज चार जना प्रस्तावित राजदूतको सुनुवाइ गर्दैछ । बिहान ११ बजे बस्ने बैठकमा स्पेनका लागि प्रस्तावित राजदूत सनिल नेपाल, श्रीलंकाका रामकृष्ण भट्टराई, बेलायतका चन्द्रकुमार घिमिरे र अमेरिकाका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीको सुनुवाइ गर्न लागेको हो ।

चारै जनाको सुनुवाइ सकेर आजै प्रस्तावित १७ जना राजदूतको बारेमा निर्णय लिइने समिति सभापति ईश्वरीदेवि न्यौपानेले जानकारी दिए । पटक पटक गरेर समितिले १७ मध्ये १३ राजदूतको सुनुवाइ यसअघि नै गरिसकेको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000