Logo
Logo

देउवाको जन्मदिनमा ओलीले ओढाए दोसल्ला


630
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई जन्मदिनको अवसरमा शुभकामना दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले देउवालाई दोसल्ला ओढाएर जन्मदिनको शुभकामना दिएका हुन् ।

प्रधानमन्त्री ओलीले देउवालाई दोसल्ला ओढाएको तस्बिर सामाजिक सञ्जालमा राख्दै भनेका छन्, ‘आज पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाको जन्मदिन परेको छ । प्रमुख तीन दलका नेताहरूसँग समसामयिक राजनीतिक विषयमा कुरा पनि भयो । आजको भेटमा शेरबहादुरजीलाई जन्मदिनको शुभकामना दिने अवसर मिल्यो । सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना शेरबहादुरजी !!’

संवैधानिक परिषदको बैठकका विषयमा छलफल गर्न आज बिहान कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवासु बालुवाटार पुगेका थिए । सोही भेटमा ओललिे देउवालाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्