काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठकमा सुरु भएको हो ।

बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनितिक विषयमा छलफल हुने महासचिव शंकर पोखरेलले जानकारी दिए ।
उनका अनुसार यही भदौ १८ र १९ गते बसेको पार्टीको पोलिटब्यूरो बैठकले कार्ययोजनाको टुङ्गो सचिवालय बैठकलाई दिएको थियो ।














