Logo
Logo

निम्न माध्यमिक तह शिक्षक लाइसेन्सको विज्ञापन खुल्यो


1k
Shares

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स)को विज्ञापन खुला गरेको छ ।

आयोगले आज एक सूचना जारी गर्दै न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूका लागि दरखास्त आह्वान गरेको हो ।

उम्मेदवारहरूले आयोगले तोकेको अनलाइन दरखास्त फाराम भरी आवश्यक सम्पूर्ण कागजात (नागरिकताको प्रमाणपत्र हालसालै खिचेको फोटो, दस्तखतको नमुना न्यूनतम योग्यताको लब्धाङ्क पत्र तथा तालिमको प्रमाणपत्र) सहित आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत दरखास्त दिन सक्नेछन् ।

सिङ्गल दस्तुरका लागि असोज २९ गते रातको १२ बजेभित्र र दोबर दस्तुरका लागि मङ्सिर ६ गते रातको १२ बजेभित्र आयोगको अनलाइन दरखास्त प्रणाली https://license.tsc.gov.np/ बाट दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000