Logo
Logo

चितवनले सुदूरपश्चिमलाई दियो १३४ रनको लक्ष्य


0
Shares

काठमाडौं । डेविड मलानको अर्धशतकप्रेरित चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा सुदूरपश्चिम रोयल्सविरुद्ध १३४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको चितवनले सुदूरपश्चिमविरुद्ध निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३३ रनको जोडेको हो । चितवनका मलानले अविजित ७१ रन बनाए ।

ओपनर कमिल मिशारा दोस्रो ओभरमै व्यक्तिगत ४ रनमा आउट भएपछि वान डाउनमा ब्याटिङ गर्न आएका मलानले अन्तिमसम्म ब्याटिङ गर्दै अविजित ७१ रन बनाए । उनले ५१ बल खेल्दै ९ चौका र २ छक्का प्रहार गरे ।

मलानले सातौं विकेटका लागि सलाउद्दिन खानसँग ३१ बलमा ४० रनको साझेदारी गरे । आठौं नम्बरमा ब्याटिङ गरेका खानले १६ बलमा १ छक्का मद्दतमा १८ रन जोडे । यस्तै कमल सिंह ऐरीले ८ बलमा १ छक्का मद्दतमा १० रन बनाए ।

बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । ओपनर कमिलश मिशारा ४, देव खनाल ६ रनमा आउट हुँदा, कप्तान रवि बोपारा र कुशल मल्ल समान १, विवेक यादव ३, उसामा मिर २ रन बनाएर आउट भए । रिजन ढकाल ४ रन बनाएर अन्तिम बलमा रनआउट भए ।

बलिङमा सुदूरपश्चिमका लागि स्कट कुगुलेइनले ३, थरिन्दु रत्नायकेले २ तथा हेमन्त धामी, कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले १-१ विकेट लिए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000