Logo
Logo

सहायक रथी श्रेष्ठ बने सैनिक प्रवक्ता


0
Shares

काठमाडौं । नेपाली सेनाको प्रवक्तामा राजेन्द्र श्रेष्ठ नियुक्त भएका छन् । यसअघिका सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेत प्रधानसेनापतिको सचिवालयमा सरुवा भएपछि सहायक रथी श्रेष्ठलाई सैनिक प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

सहायक रथी श्रेष्ठ ३४ वर्षदेखि सैनिक सेवामा छन् । उनी २०४८ मा अधिकृत क्याडेटका रूपमा सेनामा प्रवेश गरेका थिए । यसअघि उनले सेनाका विभिन्न विभागमा रहेर आफ्नो जिम्मेवारी पुरा गरेका थिए ।

बिहीबार जङ्गी अड्डामा पत्रकारहरूसँग कुरा गर्दै नवनियुक्त प्रवक्ता श्रेष्ठले भ्रामक समाचार र सूचनालाई चिर्न पत्रकारहरुसँग निरन्तर संवाद गरिने बताए । उनले भने, ‘कुनै विषयमा दुबिधा भएमा समन्वय गर्न आग्रह गर्दछु ।’

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000