
काठमाडौं । वाणिज्य बैंकहरूले असोज महिनाका लागि पनि निक्षेपको ब्याजदर घटाएका छन् । व्यक्तिगत मुद्दती निक्षेपमा २० वाणिज्य बैंकको अधिकतम औसत ब्याजदर भदौको तुलनामा असोजमा ०.१५ प्रतिशत विन्दुले घटेको हो ।
भदौमा यी बैंकको व्यक्तिगत मुद्दतीमा अधिकतम औसत ब्याजदर ६.५४ प्रतिशत रहेकोमा असोजमा ६.३९ प्रतिशतमा झरेको छ । असोजमा दुई बैंक कृषि विकास र नेपाल बैंकले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर भदौको तुलनामा बढाएका छन् । तीबाहेक १० बैंकले घटाएका छन् भने ८ बैंकले स्थिर राखेका छन् ।
राष्ट्रिय वाणिज्य, नेपाल एसबीआई, कुमारी, प्राइम, सानिमा, सिटिजन्स, नबिल, एनएमबी, एनआईसी एसिया र एभरेस्ट बैंकले ब्याजदर घटाएका छन् भने लक्ष्मी सनराइज, ग्लोबल आईएमई, नेपाल इन्मेस्टमेन्ट मेगा, सिद्धार्थ, स्टान्डर्ड चार्टर्ड, माछापुच्छ्रे, प्रभु, हिमालयन बैंकले स्थिर राखेका छन् ।
एनआईसी एसिया बैंकल असोज महिनामा व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै ब्याज दिने भएको छ । उसले अधिकतम ७.१८ प्रतिशत ब्याज दिनेछ । यसअघि भदौमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.४१ प्रतिशत थियो । जुन एनएमबी र एनआईसी एसिया बैंकले दिएका थिए ।
कुन बैंकको अधिकतम ब्याजदर कति ?
| बैंक | भदौको ब्याजदर | असोजको ब्याजदर |
| कृषि विकास बैंक | ६.०६५ | ६.०७ |
| राष्ट्रिय वाणिज्य बैंक | ६.०७ | ६.०० |
| नेपाल एसबीआई बैंक | ६.२५ | ६.०० |
| लक्ष्मी सनराइज बैंक | ६.५० | ६.५० |
| ग्लोबल आईएमई बैंक | ६.२५ | ६.२५ |
| कुमारी बैंक | ६.७१ | ६.०१ |
| प्राइम बैंक | ६.७५ | ६.२५ |
| नेपाल बैंक | ५.२५ | ५.९५ |
| सानिमा बैंक | ६.२० | ५.९० |
| सिटिजन्स बैंक | ६.७५ | ६.४० |
| नबिल बैंक | ७.०० | ६.७५ |
| इन्भेस्टेमेन्ट मेगा बैंक | ६.५० | ६.५० |
| सिद्धार्थ बैंक | ६.५० | ६.५० |
| स्टान्डर्ड चार्टर्ड बैंक | ७.०० | ७.०० |
| माछापुच्छ्रे बैंक | ७.०० | ७.०० |
| प्रभु बैंक | ६.१० | ६.१० |
| एनएमबी बैंक | ७.४१ | ६.५० |
| एनआईसी एसिया बैंक | ७.४१ | ७.१८ |
| एभरेष्ट बैंक | ६.१० | ६.०० |
| हिमालयन बैंक | ७.०० | ७.०० |











