
काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतका दुई समिति विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले नेतृत्व पाएको छ ।
आज भएको निर्वाचनबाट विधायन व्यवस्थापन समितिको सभापतिमा तुलसा दाहाल र सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा मायाप्रसाद शर्मा सभापति निर्वाचित भएका हुन् । विधायन व्यवस्थापन समिति सभापतिमा निर्वाचित तुलसा एमालेकी सांसद हुन् भने मायाप्रसाद माओवादी केन्द्रका हुन् ।
यसका लागि एकीकृत समाजवादीकी जयन्ती राई र तुलसा उम्मेदवारी परेको थियो । कुल १५ मतमध्ये तुलसाले ८ र जयन्तीले ७ मत प्राप्त गरे । सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापतिमा भने माया प्रसादको एकल उम्मेदवारी परेको थियो ।














