
काठमाडौं । बझाङमा भूकम्प गएको छ । आज बिहान १० बजेर ८ मिनेटमा बझाङको माझीगाउँ केन्द्रबिन्दु भएर४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले ४.३ म्याग्निच्युडको भूकम्प गएको बताए । उनका अनुसार यो यो पहिले गएको भूकम्पको परकम्प नभइ भूकम्पै हो । तर यो क्षति पु¥याउने खालको भूकम्प नभएको उनले बताए ।














