Logo
Logo

दरबारमार्गमा गाईजात्रा


2.9k
Shares

काठमाडौं । गाईजात्रा सकिएको एक महिना वितेको छैन । फेरि अर्को गाईजात्रा दरबारमार्ग हुँदैछ । संविधान दिवशलाई भव्य रुपमा मनाउन असोज ३ गते (भोलि) दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’ नाम दिइएको ओपन कन्सर्ट हुँदैछ । त्यसका लागि आजैदेखि दरबारमार्ग क्षेत्रमा सवारी सवारी आवागमन निषेध गरिएको छ ।

दरबारमार्ग जस्तो व्यस्त र व्यापारिक क्षेत्रमा सवारी आवागमनमा रोक लगाउँदा काठमाडौंका ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।

दरबारमार्ग कन्सर्ट गर्ने ठाउँ होइन । राजधानीको प्रमुख व्यापारिक क्षेत्र हो । त्यस्तो व्यापारिक क्षेत्रमा कन्सर्टका लागि दुई दिनसम्म यातायात ठप्प हुँदा कतिको व्यापार चौपट भएको छ भने सवारी साधन र यात्रुलाई कष्ट भोग्नुपरेको छ ।

संविधान दिवशलाई हल्का मजाक बनाउँदा त्यस क्षेत्रका व्यापारीहरु सरकारसँग रुष्ट बनेका छन् । संविधान दिवशजस्तो महत्वपूर्ण दिनलाई भव्य र सभ्य बनाउन सैनिक मञ्च टुँडिखेललाई प्रयोग गरिएको भए राम्रो हुन्थ्यो । तर, ‘विनासकाल विपरित बुद्धि’ भनेंझै दरबारमार्ग संविधान दिवश मनाउँदा सरकारको व्यापक विरोध भएको छ ।

यसअघि पनि प्रधानमन्त्री केपी शर्मा ओलीले नारायणहिटीको गेटमा मञ्च बनाएर समारोह आयोजना गरेका थिए । त्यस्तै, यो पल्ट पनि संविधान दिवशको अवसरमा नारायणहिटी गेट अगाडि कन्सर्ट आयोजना गर्नु प्रधानमन्त्री ओलीको रहर मेटाउनलाई मात्र जस्तो देखिन्छ । तर, प्रधानमन्त्री ओली यो रहरलाई धेरैले रुचाएका छैनन् । सरकारको दरबारमार्गमा कन्सर्ट गरेर संविधान दिवश मनाउने यो कार्यलाई धेरैले ‘गाईजात्रा’ भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्