Logo
Logo

जसपाले गठन गर्‍यो १७ विभाग


945
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले १७ वटा विभाग गठन गरेको छ । असोज २, ३ र ४ गते पार्टी केन्द्रीय कार्यकारिणी समिति बैठकले विभागलाई पूर्णता दिएको हो ।

आर्थिक विभाग प्रमुख बलराम महतो तोकिएका छन् । विद्यार्थी तथा खेलकुद विभाग प्रमुख विदेश्वरप्रसाद यादव तोकिएका छन् ।

प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्णबहादुर बस्नेत तोकिएका छन् । उनी यसअघि पनि सोही विभागमा थिए ।

सूचना, सञ्चार, विज्ञान तथा प्रविधि विभाग प्रमुख जितेन्द्रकुमार यादव बनेका छन्। अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख अर्जुन थापा बनेका छन्।

संगठन विभाग, सामाजिक सेवा तथा गैर–सरकारी संस्था विभाग, पार्टी स्कुल तथा प्रशिक्षण विभाग, कृषि तथा भूमि व्यवस्था विभाग, वातावरण तथा विपद् व्यवस्थापन विभाग, कानून विभाग, शिक्षा विभाग, स्वास्थ्य तथा जनसङख्या विभाग, बौद्धिक पेशाकर्मी तथा ट्रेड युनियन विभाग, महिला विभाग, उद्योग, वाणिज्य तथा आपूर्ति विभागमा भने सदस्य मात्रै तोकिएका छन् । प्रमुखहरू तोकिन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्