
काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । पाँच दिनदेखि लगातार बढिरहेको सुन आज प्रतितोला तीन सय रुपैयाँ बढेर अहिलेसम्मकै सर्वाधिक महँगो भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा तीनसय रुपैयाँ बढेर एक लाख ६० हजार सात सय कायम भएको छ । हिजो (बुधबार) सुनको मूल्य एकलाख ६० हजार चारसय रुपैयाँ थियो ।
आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी आज एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।














