काठमाडौं । काठमाडौ. उपत्यकामा खोला किनारामा २० मिटर मापदण्ड कायम गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध आज पनि प्रदर्शन भएको छ ।
खोलाको मापदण्ड पुनरावलोकन सम्बन्धि मुद्दाबारे बिहीबार सर्वोच्च अदालतमा पेशी चढेपछि पीडितहरूले माइतीघरमा प्रदर्शन गरेका हुन् ।

खोला किनारमा थप २० मिटर छाड्नुपर्ने भनी सर्वोच्चले गरेको फैसलाको विरोध गर्दै त्यसलाई सच्याउन माग गर्दै पीडितहरूको माग छ । यता, आज बहस हुने भनिएको मुद्दामा सर्वोच्चको ‘हेर्दा हेर्दै’मा छ ।
उनीहरूले खोला मिच्न पाइँदैन, मापदण्डको नाममा जनता विस्थापित गर्न पाइँदैन, गैरन्यायिक नदी थप २० मिटर मापदण्ड खारेज गर लगायतका प्लेकार्ड बोकेका थिए । संघर्ष समितिका संयोजक सुमन सायमीले खोलानदीको मापदण्ड खारेज गर्दै जनतालाई न्याय दिनुपर्ने भन्दै प्रदर्शन गरिएको जानकारी दिए ।
उपत्यकाका नदी तथा खोलाको थप मापदण्ड खारेज गर्न माग गर्दै सर्वोच्चले फैसला गरेलगत्तै पीडितहरूले निरन्तर आन्दोलन तथा विरोधका कार्यक्रमहरू गरिरहेका छन्।
संघर्ष समिति नै गठनगरी पीडितहरूले आन्दोलन गरिरहेका हुन् । काठमाडौं महानगरले सर्वोच्चको आदेश मान्न निर्देशन दिएपछि पीडितरहरू महानगरमाथि पनि खनिएका थिए।
प्रदर्शनमा सहभागीले अन्यायपूर्ण सडक विस्तार खारेज गर, सार्वजनिक जग्गा खोला अतिक्रमणलाई बन्द गर, गैरन्यायिक नदी २० मिटर मापदण्ड खारेज गरलगायतका पम्प्लेट बोकेका छन्।














