
काठमाडौं । नेकपा एमालेको केन्द्रिय कमिटी बैठक शुरु भएको छ । बिहीवार राष्ट्रिय भेला सम्पन्न भएलगत्तै एमालेले केन्द्रिय कमिटी बैठक राखेकाे हो । बैठकमा राष्ट्रिय भेलामा उठेका विषय, पार्टीका आगामी कार्ययोजना तथा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने अपेक्षा गरिएको छ ।
राष्ट्रिय भेलाका निर्णयलाई केन्द्रिय कमिटीको बैठकबाट स्वीकृत गराउने, स्थानीय तहको निर्वाचन लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।


















