Logo
Logo

हवाई उडान साँझसम्मका लागि खुल्यो


1.3k
Shares

काठमाडौँ । शुक्रबार साँझदेखि रोकिएका आन्तरिक उडान आंशिक रुपमा सुरु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौँबाट मुख्य शहरहरुमा हुने उडानलाई आंशिक रुपमा खुला गरेको हो ।

प्राधिकरणका अनुसार विमानस्थलबाट इन्स्ट्रुमेन्टल फ्लाइट रुल (आईएफआर) र भिज्युअल फ्लाइट रुल (भीएसआर) गरी दुई तरिकाबाट उडान र अवतरण हुन्छ । भीएसआर भनेको पाइलटले आँखाले हेरेरै उडान तथा अवतरण गर्ने सिस्टम हो ।

आईएफआर अन्तर्गत भने यस्तो उडान र अवतरण उपकरणको सहायताले गरिन्छ । आईएफआर प्रविधि अन्तर्गत गरिने उडान बेलुकी छ बजेसम्मको लागि खुला भएको छ ।

प्रतिक्रिया दिनुहोस्