Logo
Logo

धादिङको झ्याप्ले खोलामा जिपसँगै पुरिएका १४ मध्ये नौजनाको सनाखत


1.1k
Shares

काठमाडौं । धादिङको झ्याप्ले खोलामा पुरिएको जिपमा सवार ९ जना मृतकको पहिचान खुलेको छ । गत शुक्रबार बिहान बुटवलबाट काठमाडौं आउँदै गरेको गरेको लु १ ज ४५७८ नम्वरको जिपमा सवार १४ जना यात्रु पहिरोमा पुरिएका थिए । पहिरोमा पुरिएको उक्त गाडी र यात्रु शनिबार साँझमात्रै फेला परेको थियो ।

उक्त घटनामा जिप चालक रमेश लुईटेलसहित १४ जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा स्याङजाको गल्याङ नगरपालिका वडा नं ३ घर भई बुटवलको कालिका माविमा अध्ययनरत १५ बर्षका दिपेश र दिपिका भट्टराई तथा उनीहरुकी आमा सिता भट्टराई छन्। उनीहरुमध्ये सिता र दिपेश भट्टराईको सनाखत भइसकेको छ । त्यस्तै, बुटवलको सेमलारका प्रकाश कुंवर र सिर्जना कुंवर, गुल्मीको चारपालाका बीरबहादुर रायमाझी, प्रमिला रायमाझी र क्रिस रायमाझी रहेका छन् ।

नागढुंगा प्रहरी प्रभागका अनुसार अन्य मृतकहरुको पहिचान खुल्न बाँकी छ । उनीहरुको शव गएराति नै शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ । गाडीमा हराइरहेकाका आफन्तहरु सम्पर्कमा आउने क्रममा रहेको प्रहरीले जनाएको छ ।
पृथ्वी राजमार्गको नागढुंगा नौबिसे सडक खण्डको झ्याप्ले खोलामा आएको पहिरोमा परेर उक्त गाडी पुरिएको थियो । प्रहरीले गाडी पुरिएको स्थानबाट १४ जनाको शव निकालेको थियो ।

पश्चिम नेपाल बस ब्यवसायी प्रालिका अनुसार सुक्रवार बिहान लु १ ज ४५७८ नम्बरको उक्त जिपमा काठमाडाैँ जानका लागि बुटवलको ट्राफिक चोकस्थित काउण्टरबाट ७ जना र राजमार्ग चौराहबाट ३ जनाले टिकट लिएर चढेका थिए । यात्रुहरुले नाम नलेखाई समुहमा चढेका कारण टिकट काउन्टरबाट चलानी सिटमा ४ जनाको मात्रै नाम उल्लेख गरिएको छ । तिमध्ये, बोम, कार्की र प्रकाश कुंवर मात्रै उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्