Logo
Logo

ओलीको चेतावनी- पार्टीभित्रका असन्तुष्टि फेसबुकमा लेख्नेलाई कारबाही


0
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका असन्तुष्टि सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

काठमाडौंमा जारी राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले महाधिवेशनबाट भएका निर्णयलाई स्वीकार गरेर अर्को महाधिवेशनसम्म अघि बढ्नुपर्ने बताएका हुन् । महाधिवेशनको निर्णयप्रति असहमति भए पनि पटकपटक एउटै विषय उठाएर पार्टीविरुद्ध गतिविधि गर्नु अनुशासनविपरीत हुने उनको भनाइ थियो ।

महाधिवेशनमा असहमत पक्षले समेत आफ्नो मत राखिसकेको उल्लेख गर्दै उनले त्यसपछि पार्टीको निर्णयलाई स्वीकार गर्नुपर्ने बताए ।

उनले भने, ‘महाधिवेशनमा हामी सबै थियौँ होइन र ? केही साथीले चित्त नबुझेर विपक्षमा भोट हाल्या होइन ? अब महाधिवेशनको निर्णय सर्लक्क मानेर अर्को महाधिवेशनसम्म जानु परेन ? अनि बिचमा जहिले पनि त्यही एकतारे बजाएर ¥याइँ–¥याइँ गरिरहने ?’

पार्टीभित्रका विषयमा असन्तुष्टि भए सम्बन्धित कमिटीमा छलफल गर्न सकिने तर सामाजिक सञ्जालमा लेखेर विरोधीलाई खेल्ने अवसर दिन नहुने उनले बताए ।

ओलीले यसअघि बसेको केन्द्रीय कमिटी बैठकलाई ‘कटअफ बैठक’को संज्ञा दिँदै उक्त बैठकको मितिअघिका अनुशासन उल्लंघनका घटनालाई क्षमा गरिएको बताए । तर, अब पनि सामाजिक सञ्जालमार्फत पार्टीभित्रका विषय सार्वजनिक गर्ने र अनुशासन उल्लंघन गर्ने गतिविधि दोहोरिए स्वीकार्य नहुने उनको चेतावनी थियो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000