Logo
Logo

तनहुँमा दुई बस ठोकियो, कम्तीमा २५ जना घाइते


441
Shares

तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दिपुर गाउँपालिकामा दुई यात्रुवाहक बस एक आपसमा ठोकिँदा कम्तीमा २५ जना घाइते भएका छन् ।

आइतबार दिउँसो करिब ४ बजेतिर गाउँपालिका ५ अन्तर्गत पर्ने नयाँ पुल गोरेचौतारामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।

उनका अनुसार गण्डकी जिएए ००७० नम्बरको बस र भे १ ख ३४८७ नम्बरको बस एक आपसमा ठक्कर खाँदा कम्तीमा २५ जना घाइते भएका छन् ।

घटनाबारे विस्तृत आउन बाँकी रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000