Logo
Logo

बीआरआईलाई गिजोल्ने काम गर्नु हुँदैन : प्रदीप ज्ञवाली


504
Shares

काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँगको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनालाई गिजोल्ने काम गर्न नहुने बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको पूर्वसन्ध्यामा सो परियोजनाको मोडालिटीबारे सत्तारुढ दल कांग्रेस–एमालेभित्र नै फरक धारणा आइरहेका बेला उनले त्यसलाई गिजोल्ने गरी विवादमा तान्न नहुने बताए।

बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले सो परियोजना चीनसँगको द्विपक्षीय सम्बन्धको मामिला भएकाले त्यसमा अन्य राष्ट्रले चासो लिनु उचित नभएको बताए।

उनले नेपालले कुनै पनि देशको अहित नचाहने भएकाले अन्य देशले पनि नेपालको आन्तरिक मामिलामा चासो लिन नहुने स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्