Logo
Logo

नेपाल पहिलोपटक ब्लाइण्ड विश्वकपको सेमिफाइनलमा


315
Shares

काठमाडौं । नेपाली दृष्टिविहिन क्रिकेट टोली पहिलो पटक ब्लाइण्ड क्रिकेट टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको छ ।
पाकिस्तानमा भइरहेको चौथो संस्करणको ब्लाइण्ड क्रिकेट टी–२० विश्वकपको सेमिफाइनलमा पुग्दै इतिहास रचेको हो ।

यसअघि तीन संस्करणकै ब्लाइण्ड क्रिकेटको टी–२० विश्वकप खेलेको नेपाल सेमिफाइनल पुग्न सकेको थिएन । यस पटक शीर्ष चारमा रहँदै सेमिफाइनल पुगेपछि नेपाली ब्लाइण्ड क्रिकेट टोली निकै उत्साहित बनेको छ । नेपालका दृष्टीविहिन क्रिकेट टोलीले सन् २०१२ मा पहिलो विश्वकप खेलेका थिए ।

शनिबार लिग चरणका खेल सकिएपछि नेपाल चौथो स्थानमा रहने पक्का भएको हो । सुरुमा ७ टोलीको सहभागिता रहने भनिएपनि भारत अन्तिम समयमा पाकिस्तान नगएपछि ६ टोलीले ब्लाइण्ड क्रिकेट टी–२० विश्वकप खेले ।

प्रतिक्रिया दिनुहोस्