Logo
Logo

ब्लाइण्ड विश्वकप क्रिकेट: सेमिफाइनलबाटै बाहिरियाे नेपाल


378
Shares

काठमाडौं । ब्लाइण्ड टी–२० विश्वकप क्रिकेटमा नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भएको छ । यससँगै पहिलोपटक सेमिफाइनलमा पुगेको नेपालको यात्रा टुङ्गिएको छ ।

पाकिस्तानमा जारी खेलमा नेपालले दिएको ९५ रनको लक्ष्य पाकिस्तानले ५.३ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा ग¥यो । पाकिस्तानका कमरान अख्तरले सर्वाधिक ६३ रन बनाए भने बाबर अलीले ३२ रन बनाए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ९४ रन बनाएको थियो । नेपालका लागि दुर्गादत्त पौडेलले सर्वाधिक ४० रन बनाएका थिए । पाकिस्तानका मतिउल्लाहले ४ ओभरमा ५ रन दिएर ३ विकेट लिए ।

पहिलो र दोस्रो खेलमा पराजित भएको नेपालले त्यसपछि दुई खेल जितेको थियो भने अन्तिम खेलमा पाकिस्तानसँग नै १० विकेटले पराजित भएको थियो । हालसम्म अपराजित पाकिस्तान उपाधिको दाबेदार हो ।

प्रतिक्रिया दिनुहोस्