Logo
Logo

बयानका लागि छवि र रामबहादुरलाई चितवन लगियो


693
Shares

काठमाडौं । कास्की प्रहरीको हिरासतमा रहेका पूर्वडीआईजी छविलाल जोशीलाई बयानका लागि चितवन लगिएको छ । साहारा सहकारीको रकम अपचलनको विषयमा अनुसन्धानका लागि छविलाललाई पोखराबाट जहाजमा चितवन लगिएको हो ।

उनीसँगै रामबहादुर ढकाललाई पनि चितवन पुर्याइएको छ । साहारा सहकारीको ३७ करोड ६५ लाखभन्दा बढी रकमको हिनामिना भएको पाइएको छ ।

उक्त रकम अपचलनमा संलग्न भएको आरोपमा जीबी राई तथा रास्वपा सभापति रवि लामिछानेसहित १० जनाविरुद्ध किटानी जाहेरी दर्ताको थियो । काठमाडौंको बयान सकेपछि रविलाई पनि चितवन लैजाने प्रहरीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्