काठमाडौं । विभिन्न चार देशका नवनियुक्त राजदूतले शपथ ग्रहण लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज शीतलनिवासमा आयोजित एक समारोहबीच नेपालका लागि अमेरिका, जर्मनी, साउदी अरब र अष्ट्रेलियाका राजदूतको शपथ ग्रहण गराएका हुन् ।

संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी, संघीय गणतन्त्र जर्मनीका लागि डा. शैल रूपाखेती, साउदी अरेबियाका लागि डा. नरेशविक्रम ढकाल र चित्रलेखा यादव अष्ट्रेलियाको राजदुतमा नियुक्त भएका थिए ।
उनीहरुलाई आज राष्ट्रपति पौडेलले शपथ ग्रहण गराएका हुन् । सपथ समारोहमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।














