Logo
Logo

रोल्पामा झोलुंगे पुल बनाउनेक्रममा पर्खाल भत्किँदा चार जनाको मृत्यु


441
Shares

रोल्पा । रोल्पामा एक निर्माणाधीन झोलुंगे पुलको पर्खाल भत्किँदा चार जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । मृत्यु हुनेमा दुई पुरुष र दुई महिला रहेका छन् ।

आइतबार बिहान करिब बजेतिर सुनछहरी गाउँपालिका वडा नम्बर ३ स्थित बाहिरी गाममा बनाइँदै गरिएको पुलको पर्खाल भत्किएर पुरिँदा सोही ठाउँका ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार र २७ वर्षीया आईती परियारको मृत्यु भएको प्रहरी इन्सपेक्टर विजय चापागाईंले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्