
काठमाडौं । धनुषाको धनुषाधाम नगरपालिका १ मा नेकपा माओवादी केन्द्रका उम्मेद्वार विजयी भएका छन् । गत स्थानीय तहको निर्वाचनमा तेस्रो भएका माओवादीका सुनिल कुमार केवटले ६ सय ८४ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका हुन् ।
पर्का प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार अशोक कुमार मण्डललाई उनले ८२ मतको अन्तरले पराजित गरे । अशोकले ६०२ मत प्राप्त गरे भने जसपाका उम्मेदवार अजय कुमार यादवले ४ सय ९९ र नेकपा एमालेका प्रमोद कुमार यादवले ३६५ मत ल्याए ।
काँग्रेसबाट लगातार दुईपटक वडाध्यक्ष जितेका विश्वनाथ यादवको २०८१ जेठ ३१ गते निधन भएपछि यस वडामा उपचुनाव भएको हो । यो वडा कांग्रेसको गढ मानिन्थ्यो ।














