Logo
Logo

जाजरकोटको नलगाडमा माआवादीले जित्यो उपमेयर


693
Shares

जाजरकोट । जाजरकोटमा नेकपा माओवादी केन्द्रले उपमेयर जितेको छ । आइतबार भएको उपनिर्वाचन नलगाड नगरपालिकाको उपमेयर माओवादीले जितेको हाे ।

माओवादीले ०७९ मा जितेको कुसे गाउँपालिका–७ को वडाध्यक्ष पद भने गुमाएको छ । तर, त्यसबेला कांग्रेसले जितेको नलगाड नगरपालिकाको उपमेयर भने माओवादीले जितेको छ ।

निर्वाचन आयोगका अनुसार नलगाडको उपमेयरमा माओवादीकी देवका लामिछाने विजयी भएकी छन् । उनले ४२७२ मत पाएर विजयी हुँदा कांग्रेसकी इन्द्रा चन्द सिंहले ३१४७ मत मात्रै पाइन् । एमालेकी सुनिता बोहराले २५४२ मत ल्याइन् ।

यसअघि यो नगरपालिकामा माओवादीकै सहयोगमा कांग्रेस विजयी भएको थियो । यसपटक सबै दलहरुले एकल प्रतिस्पर्धा गरेका थिए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000