काठमाडौं । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार नरपुरा बुढा विजयी भएका छन् ।

निर्वाचन आयोगका अनुसार बुढाले ३ हजार ६ सय २७ मत ल्याएका छन् । कांग्रेसका उम्मेदवार केशकुमारी तुलाचनले २ हजार १ सय २८ मत प्राप्त गरेका छन् ।
कांग्रेस उम्मेदवार तुलाचन एमालेको महिला संगठनकी केन्द्रीय सदस्य हुन् । एमाले र कांग्रेसबीच गठबन्धन भएपछि एमालेकी नेता तुलाचन कांग्रेसको चुनाव चिह्न लिएर उम्मेदवार बनेका हुन् ।














