
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ ।
सोमबारको पहिलो खेलमा काठमाडौंलाई ५ विकेटले हराएको चितवन भोलिपल्ट नै दोस्रो खेल खेल्न लागेको हो । पोखरा एभेन्जर्स भने आफ्नो पहिलो खेल खेल्दैछ ।
यस खेललाई दुई कुशलबीचको कौशलताको खेल भनेर पनि भन्न सकिन्छ । चितवनको कप्तानमा कुशल मल्ल छन् भने पोखराको कप्तानमा कुशल भुर्तेल छन् ।
चितवनले पहिलो खेलको जितको लयलाई निरन्तरता दिन चाहनेछ भने पहिलो खेल खेल्न लागेको पोखरा सुखद सुरूवात गर्ने दाउसहित मैदानमा हुनेछ ।














