Logo
Logo

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर


1.4k
Shares

काठमाडौं । नेपाल र चीनबीच आठवटा सहमतिपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा दुई मुलुकका प्रधानमन्त्रीको उपस्थितिमा विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

त्यसअघि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा आज स्वागत गरेका थिए । प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । समारोहमा अन्य चिनियाँ नेताहरू पनि सहभागी थिए ।

सो अवसरमा प्रधानमन्त्री ओलीले समकक्षी छ्याङलाई आफ्नो भ्रमण दलका सदस्यलाई परिचय गराएका थिए । चिनियाँ प्रधानमन्त्रीले पनि आफ्ना अन्य नेताको परिचय गराएका थिए ।

प्रधानमन्त्री ओलीले आजै चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्नेछन् । यही मङ्सिर १७ गते चीनको औपचारिक भ्रमणका लागि बेइजिङ पुगेको प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल टोली २० गते स्वदेश फिर्ता हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्