Logo
Logo

एनपीएलः चितवनको लगातार दोस्रो जित, पोखराको लज्जास्पद हार


441
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले लगातार दोस्रो जित निकालेको छ । मंगलबार भएको खेलमा चितवनले पोरखा पोखरा एभेन्जर्सलाई ८७ रनले पराजित गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेटमा मैदानमा सम्पन्न खेलमा चितवनले प्रस्तुत गरेको १६२ रनको लक्ष्य पछ्याउने क्रममा पोखरा १३.२ ओभरमा ७४ रनमै समेटियो । यसअघि आफ्नो पहिलो खेलमा चितवनले काठमाडौं गुर्खाजलाई पाँच विकेटले पराजित गरेको थियो ।

पोखराका नारायण जोशीले सबैभन्दा धेरै ३० रन बनाए । चितवनका सोहेल तानभिर, रिजन ढकाल र लुक बेनकेन्स्टेनले ३÷३ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनायो । चितवनका रवि बोपाराले ५१ रन बनाए । पोखराका विपिन खत्री, बास डे लीड र रेमोन रेफरले २२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्