Logo
Logo

काठमाडौंले टस जित्यो, कर्णालीले पहिले ब्याटिङ गर्ने


441
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (बुधबार)को पहिलो खेलमा कर्णाली याक्सले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर पहिले फिल्डिङ रोजेसँगै कर्णालीले ब्याटिङ गर्ने भएको हो । कर्णाली सोमपाल कामी र काठमाडौँ करण केसीको कप्तानीमा मैदान उत्रदैछ ।

कर्णाली पहिलो खेलमा जनकपुर बोल्टसँग ८ विकेटले पराजित भएको थियो । काठमाडौँ भने चितवन राइनोजसँग ५ विकेटले हारेको थियो । आफ्नो दोस्रो खेल खेल्न लागेका दुवै टोली पहिलो जितको खोजीसहित मैदानमा उत्रनेछन् ।

प्रतिक्रिया दिनुहोस्