Logo
Logo

रविलाई रातारात पोखरा पुर्याइएपछि चितवनमा रास्वपाको खबरदारी सभा


819
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) ले चितवनमा खबरदारी सभा आयोजना गरेको छ । पार्टी सभापति रवि लामिछानेलाई रातारात पोखरा लगेपछि रास्वपाले आज खबरदारी सभा आयोजना गरेको हो ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा लामिछानेलाई पोखराबाट काठमाडौँ ल्याई बयानका लागि चितवन पुर्याएको थियो ।

तर, बुधबार जिल्ला सरकारी वकिलको कार्यालयमा लामिछानेसँग बयान भइरहँदा बाहिर रास्वपा समर्थक र प्रहरीबीच मुठभेड भएपछि उनको बयान सकिएलगत्तै प्रहरीले उनलाई राति पोखरा लगेको थियो । रास्वपाले आफ्ना सभापतिलाई रातारात पोखरा लगिनु मानव अधिकारकोविरुद्ध रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्