Logo
Logo

बौद्धिक पलायनको समस्या भोग्दै नेपाल : बाबुराम भट्टराई


252
Shares

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा रहेका विषयविज्ञ र प्राविधिकहरूको सही सदुपयोग गर्न नसक्दा नेपालले बौद्धिक पलायनको गम्भीर समस्या भोगिरहेको बताएका छन्।

बिहीवार काठमाडौँमा आयोजित ‘आर्कविल्ड एक्स्पो २०२४’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन्। उनले नेपाल जस्तो विकासशील र विकासोन्मुख देशमा विकास निर्माण सँगसँगै हुने पर्यावरणीय समस्याको समाधान गर्न प्रविधि र विषय विज्ञहरूको अधिकतम प्रयोग गर्नुपर्ने बताए।

उनले आर्किटेक्टले मानवजातिको विकास र भौतिक प्रगति मात्र नभई कला, संस्कृति र सम्पदाको समेत प्रतिनिधित्व गर्ने भएकाले यसलाई पेशाको रूपमा नभई अभियानको रूपमा अँगाल्नुपर्ने बताए। अध्यक्ष भट्टराईले आर्किटेक्टलाई समयानुकूल सदुपयोग गरी आफ्नै देशमा जनशक्ति परिचालन गर्नुपर्ने बताए।

अध्यक्ष भट्टराईले भने, ‘आर्किटेक्टले मानवजातिको विकास र भौतिक प्रगति मात्र होइन‚ कला, संस्कृति लगायत क्षेत्रको प्रतिनिधित्व पनि गर्छ। दुःखका साथ भन्नुपर्छ हाम्रा जस्तो अल्पविकसित देशले देशमा रहेका विषयविज्ञहरू, प्राविधिकहरूको सदुपयोग गर्न नसक्दा हामो जस्तो गरिब देशले ब्रेन ड्रेन अर्थात् बौद्धिक पलायनको गम्भीर समस्या भोग्नु परेको छ।’

अध्यक्ष भट्टराईले नेपालमा संसारभर रहेका संस्कृति र भाषाका हाँगा रहेको बताए।

प्रतिक्रिया दिनुहोस्