काठमाडौं । भारतीय गुन्डा नाइके लेरेन्स विश्नोईको नाम लिएर व्यवसायीहरूलाई धम्क्याएको आरोपमा पनि मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुरोधमा काठमाडौं जिल्ला अदालतबाट प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

यसअघि प्रसाईंकै निर्देशनमा धम्क्याएको भन्दै झापाका हरिचन्द्र फुयाँललाई सीआईबीले पक्राउ गरेको थियो ।
प्रसाईँ अहिले प्रहरी वृत्त सिंहदरबारको हिरासतमा रहेका छन् । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली लगायतविरुद्ध भ्रामक प्रचार गरेको आरोप उनी गत मंसिर चार गते पक्राउ परेका थिए ।
साइबर ब्युरोले उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान गरिरहेको छ ।














