Logo
Logo

डाक्नेश्वरीका नवनिर्वाचित वडाध्यक्ष शपथ समारोहबाटै पक्राउ


2.1k
Shares

काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवार्निर्वाचित वडाअध्यक्ष पक्राउ परेका छन् । स्थानीय एक युवतीको हत्या र उनको भाइलाई अपहरण गरेको आरोपमा नवनिर्वाचित वडाध्यक्ष धिरेन्द्र कुमार साहलाई प्रहरीले बिहीवार पक्राउ गरेको हो ।

डाक्नेश्वरी १ को वडा कार्यालयमा राखिएको पदभार ग्रहण समारोहस्थलबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । पक्राउ परेका साहलाई इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखिएको छ ।

यहि मंसिर १६ गते सम्पन्न स्थानीय तह उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार साह ६५२ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्